नियम १३
बैङ्कले गर्नुपर्ने काम

(१) प्रत्येक खातावालाको छुट्टा छुट्टै पानामा हिसाब गरी हुलाक अड्डामा राखिनेछ ।
(२) उपनियम (१) बमोजिमको खातामा जम्मा गरिने र झिकिने रकमको साथै व्याज समेत बढाई राखिनेछ । खाताको जाँच हुलाक हाकिम वा सो कामका लागि तोकिएका कर्मचारीबाट हुनेछ र निजले जाँच गरेपछि सो खातामा आफ्नो सही गरी त्यसलाई प्रमाणित गरी दिनुपर्छ ।
(३) कुनै खातावालाले आफ्नो खाताको नक्कल को माग गरी …… हुलाक हाकिम समक्ष निवेदन गरेमा हुलाक हाकिमले माग अनुसारको नक्कल खातावालालाई उपलब्ध गराई दिनु पर्छ ।
(४) ……….
(५) बचत बैङ्क सम्बन्धी तथ्यांक बैङ्कको केन्द्रीय लेखा राख्ने कार्यालयले प्रत्येक तीन महिनामा नेपाल राष्ट्र बैङ्कमा पठाउनु पर्नेछ ।